Section 35
मुद्दाको कारबाही र किनारा
(१) यस ऐन अन्तर्गत सजाय हुने मुद्दाको कारवाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ ।
(२) यस ऐन अन्तर्गतको मुद्दाको कारबाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाइनेछ ।